सुर्खेत,२६,कात्तिक
विभिन्न स्थानमा उम्मेद्वार माथि बम हमला भैरहेका बेला सुर्खेत प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री बरामद गरेको छ । भारतबाट छिराई सुदुरपश्चिमबाट ल्याईएको हुनसक्ने सो विस्फोटक सामाग्री पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट प्रहरीले बरामद गरेको हो । शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तार लगायत सामाग्री बरामद गरेको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । ‘विशेष सुराकीको आधारमा ध.१ ज. १०६ नम्वरको जिप चेकजाँच गर्दा ६० थान डेटोनेटर, पाँच सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूज वायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘विष्फोटक सामाग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौं ।’
प्रहरीले बिष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै ल्याइएको जनाएको छ । ‘निर्वाचनलाई प्रभाव पार्नका लागी बिरोधी समूहले विष्फोटक सामाग्री भारतबाट भित्राएको हुन सक्छ’ उनले भने, ‘हामीले विस्तृत अनुसन्धान सुरु गरिसकेका छौं ।’
नयाँपत्रिकाबाट





























प्रतिक्रिया