इटहरी ,२६,कात्तिक

इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउनु पर्ने माग सहित आयोजित कार्यक्रममा नेताहरूले आसन्न निर्वाचनका लागि भोट मागेका छन्। "/>

इटहरीलाई प्रदेश राजधानी बनाउन र्‍याली

इटहरीलाई प्रदेश राजधानी बनाउन र्‍याली

केन्द्रबिन्दु
0
Shares

इटहरी ,२६,कात्तिक

इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउनु पर्ने माग सहित आयोजित कार्यक्रममा नेताहरूले आसन्न निर्वाचनका लागि भोट मागेका छन्। राजधानी सरोकार समाजले गरेको र्‍यालीपछि आयोजित कोणसभामा उम्मेदवारहरूले आआफ्नो पक्षमा भोट मागेका हुन् । कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार हेमकर्ण पौडेलले इटहरी उपयुक्त हुँदाहुँदै पनि नेतृत्व अभावका कारण राजधानी बन्न नसकेको बताए। अर्का उम्मेदवार सर्वध्वज साँवाले पनि इटहरी सबै हिसाबले प्रदेश राजधानी उपयुक्त हुने बताए। वाम गठबन्धनले जिते राजधानी बनाउने दाबी उनले गरे। यस्तै दाबी हिमाल सुवेदी, लिलम बस्नेत र भगवती चौधरीले पनि गरेका थिए। पूर्वसांसद कल्पना चौधरीले उपप्रधानमन्त्री विजय गच्छदार इटहरीलाई राजधानी बनाउने पक्षमा रहेको जानकारी दिइन्। र्‍यालीमा सहभागी हुने इच्छा राखे पनि गच्छदार व्यस्तताका कारण आउन नसकेको उनको भनाइ थियो। र्‍यालीमा नागरिक समाज, व्यापारी, दलका प्रतिनिधि लगायतको सहभागिता थियो।
अन्नपूर्णपोष्टबाट

Logo