दाङ, २४ कात्तिक
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली रहेकी छन् । दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि बिहीबार वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । वली विरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
रासस





























प्रतिक्रिया