काठमाडौं,२४, कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन् । मेडिकल शिक्षाको बेथिती अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार नभएको भन्दै आफूले त्यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग फेरि कुरा गर्ने बताए। ुमैले दुई दिन अघि राष्ट्रपतिसँग कुरा गरेको थिएँ । फेरि पनि कुरा गर्छु। अध्यादेश रोक्न उहाँलाई संविधानको कुन धाराले अधिकार दिएको हो म सोध्छुु, प्रधानमन्त्रीको भनार्इ उदृत गर्दै डा.केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओम अर्यालले भने।
चिकित्सा शिक्षा विधेयक पारित गर्न माओवादी र एमालेले अवरोध गरेपछि देउवा सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको थियो । सरकारले अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष पठाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई प्रमाणीकरण नगरी अटेर गरिरहेकी छिन्। केही दिन डा.गोविन्द केसीले अध्यादेश प्रमाणिकरण लगायतका विषयमा माग राखेर अनसनका लागि ७ दिने अल्टिमेटम दिएका थिए। त्यस लगत्तै प्रधानमन्त्री देउवाले उनी र उनका सहयोगीलाई छलफलका लागि बोलाएका हुन् ।
नागरिकबाट





























प्रतिक्रिया