वीरगन्ज,२४, कात्तिक
वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहना सहित दुई जना महिलालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट अवैध रुपमा चाँदी लिएर आउदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पाँच केजी चाँदीका गरगहना सहित रौतटहको चन्द्रपुर नगरपालिका ४ की ३३ वर्षीया दिपिका विश्वकर्मा र २२ वर्षीया राधिका विश्वकर्मालाई पक्राउ गरेको हो। "/>

पाँच केजी चाँदी र ३० केजी गाँजा सहित चार जना पक्राउ

पाँच केजी चाँदी र ३० केजी गाँजा सहित चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,२४, कात्तिक
वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहना सहित दुई जना महिलालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट अवैध रुपमा चाँदी लिएर आउदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पाँच केजी चाँदीका गरगहना सहित रौतटहको चन्द्रपुर नगरपालिका ४ की ३३ वर्षीया दिपिका विश्वकर्मा र २२ वर्षीया राधिका विश्वकर्मालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट चाँदीका दाना ३ किलो ५ सय ४३ ग्राम, चाँदीका औठी, बाला, सिक्री गरी एक किलो ६ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ। चाँदी सहित पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बिहीबार नै राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कर्यालय पथलैयामा पठाइएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए।

यसैगरि बारामा बिहीबार बिहान सशस्त्र प्रहरीले गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको रुद्र बाहिनी पथलैया र सीमा सुरक्षा कार्यालय बाराको संयुक्त टोलीले पचरौता नगरपालिकाका ९ स्थित जमुनी खोला नजिकैबाट ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। बा ४४ प ४१७६ नम्बरको मोटरसाइकलमा भारततर्फ गाँजा लैजाँदै गरेका सिम्रौनगढ नैकाटोलाका रामबालक यादव र सरोज यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
अन्नपूर्णबाट

Logo