भद्रपुर, २२ कात्तिक
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्नु नहुने बताएका छन् । "/>

पुरातनवादीका पछि नलाग्न सिटौलाको आग्रह

पुरातनवादीका पछि नलाग्न सिटौलाको आग्रह

केन्द्रबिन्दु
0
Shares

भद्रपुर, २२ कात्तिक
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्नु नहुने बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार बाह्रदशी गाउँपालिका–४ पुगेका सिटौलाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेको भन्दै पुरातनवादीको पछाडि नलाग्न मतदातालाई आग्रह गरेका हुन् ।

२००६ सालदेखि काँग्रेस कम्युनिष्ट मिलेर परिवर्तनको लडाइँ गरिरहेको स्मरण गर्दै सिटौलाले पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्नेहरु तथा शाही शासनमा जनदमन गरी एकतन्त्रीय सर्वसत्तावाद लाद्न तम्सनेलाई मतदान गर्न नहुने सिटौलाको आग्रह थियो । उनले लोकतन्त्रको स्थायित्वका लागि गठबन्धन गरेका एमाले—माओवादीले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवार नदिएकाले मतदाताले प्रगतिशील लोकतन्त्रको पक्षधर नेपाली काँग्रेसलाई मतदान गर्न पनि अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेश सभा ‘ख’ का उम्मेदवार भगिरथ पोद्धारले लोकतन्त्रको लडाइँमा निरन्तर पहरेदार भएर लागेको नेपाली काँग्रेस आजको आवश्यकता रहेको बताए । समाजवादी नीति मार्फत देश र जनताको मुहार फेर्न आफू प्रदेशसभाका लागि जनतासित अनुमोदन हुन आएको भन्दै पोद्धारले आफूलाई मतदान गर्न आग्रह गरेका थिए ।

रासस

Logo