सिन्धुपाल्चोक , २२, कात्तिक
प्रमुख निर्वाचन आयूक्त अयोधी प्रसाद यादवले ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएका छन् । चुनावी तयारी र गतिविधिबारे बुझ्न मंगलबार चौतारा पुगेका उनले स्थानीय पत्रकारसँग भेटघाट गर्दै भने, ‘पहिलो चरणको चुनावी तयारी पूरा भयो । मतदानस्थल र केन्द्र केन्द्रीत गतिविधि अघि बढाएका छौँ ।’ नयाँ संविधान कार्यान्यन गर्न हुन गइरहेको चुनावलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै यादवले पहिलो चरणका लागि मतपत्र छपाइ समेत सम्पन्न भएको बताए । उनका अनुसार केही दिन भित्र ती मतपत्र जिल्लामा पठाउन सुरु गरिने छ । चुनावमा ६१ प्रकारका सामग्री प्रयोग हुने जानकारी दिँदै प्रमुख निर्वाचन आयूक्त यादवले सबै सामग्रीको व्यवस्थापन भइसकेको जनाए ।
नागरिकबाट





























प्रतिक्रिया