गोरखा,२१, कात्तिक

गोरखा निर्वाचन क्षेत्र १ ख का नेपाली काँग्रेसका उमेद्धवार राजेन्द्र बजगाईंले हेलिकोप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। "/>

हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

केन्द्रबिन्दु
0
Shares

गोरखा,२१, कात्तिक

गोरखा निर्वाचन क्षेत्र १ ख का नेपाली काँग्रेसका उमेद्धवार राजेन्द्र बजगाईंले हेलिकोप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। गोरखा प्रदेश १ ख का उमेद्धवार राजेन्द्र बजगाईंले भने चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग नगरेको दावी गरेका छन्। ‘मैले चुनावी कार्यक्रममा हेलिकोप्टर प्रयोग गरेको छैन, मैले बुक गरेको पनि हैन, पैसा तिरेको पनि हैन, चुनावी प्रचारमा प्रयोग भएको प्रमाण के छ ? उनले भने। चुनावी कार्यक्रममा नगएको प्रष्ट्याउँदै उनले आफुले झण्डा चुनाव चिन्ह कुनै प्रयोग नगरेको र सभा सम्मलेन नगरेको तर्क गरे।

नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेको आमालाई उपचारका लागि उद्धार गर्न गएको हेलिकोप्टर बारपाक हुँदा उत्तरी गोरखाको सामागाउँ जाने स्थानीयलाई पुर्‍याउन गएको भन्दै उनले अचासंहिता उलंघन गरेको पुष्टि गर्न चुनौती दिए। उत्तरी गोरखामा हेलिकोप्टर प्रयोगका लागि आफुले आयोगसँग अनुमती माग गर्दै निवेदन दिएको र त्यसको जवाफ नआएकाले पर्खिरहेको बताएका छन् । निर्वाचन आचासंहिता भित्र रहेको खर्च धान्ने गरी आफूले हेलिकोप्टर प्रयोग गर्न माग गर्दै उनले अनुमती मागेको जानकारी दिए।
नागरिकबाट

Logo