काठमाडौं,२१, कात्तिक
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । "/>

राष्ट्रपतिलाई डा. केसीको एकहप्ते अल्टिमेटम

राष्ट्रपतिलाई डा. केसीको एकहप्ते अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२१, कात्तिक
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समय सीमा दिएका हुन् । गत ६ कात्तिकमा मन्त्रिपरिषद्ले ल्याएको चिकित्साशिक्षा अध्यादेश १५ दिन सम्म प्रमाणीकरण नगरी रोकेको आरोप लगाउँदै उनले तत्काल प्रमाणीकरण नगरे राष्ट्रपतिले समेत ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘राष्ट्रपति जस्तो व्यक्ति जनताको हितमा लाग्न छाडेर माफियाको जालमा पस्नु गलत हो,’ डा. केसीले भने, ‘म अनशनमा बस्दा बडो चासो र चिन्ता व्यक्त गर्ने राष्ट्रपति अहिले अध्यादेश रोक्न किन लाग्नुभयो, मलाई आश्चर्य लागेको छ ।’
अबको अनशनमा राष्ट्रपतिको राजीनामा माग्ने हो, भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘राष्ट्रपतिको राजीनामा माग्ने–नमाग्ने भन्दा पनि किन प्रमाणीकरण नगरेको ? यसमा आशंका छ । अत्यावश्यकीय रूपमा रहेको अध्यादेश रोक्ने अधिकार उहाँलाई छैन । मैले एकहप्ते अल्टिमेटम दिएको छु । समयसीमा भित्र प्रमाणीकरण भएन भने कुन मुद्दा उठाएर आन्दोलनमा जान्छु, सोही वेला सार्वजनिक गर्नेछु ।’
नयाँपत्रिकाबाट

Logo