चितवन , १९, कात्तिक
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडी क्षेत्रको विकासका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुरुङमार्ग र राप्ती र नारायणी नदीमा पुल बनाएर रिङरोड बनाउने घोषणा गरेका छन्। प्रचण्डले कम्युनिस्ट नेतृत्वको सरकार बनेपछि यी योजना पाँच वर्षभित्र सम्पन्न हुने दाबी समेत गरेका छन्। ‘माडीमा निकुञ्जको क्षेत्र भएकाले यहाँका जनताले दुःख पाएका छन् । निकुञ्ज राष्ट्रको सम्पत्ति हो’, प्रचण्डले भने, ‘सुरुङमार्ग वा आकाशेपुल बनाएर यहाँका जनताको समस्यालाई स्थायी समाधान गर्नुपर्छ। तपाईंहरुले भोगेका समस्याको समाधान पाँच वर्षभित्र गर्ने विश्वास दिलाउन चाहन्छु।’
प्रचण्डले माडी क्षेत्रको विकासका निम्ति रिङरोड बनाउने घोषणा समेत गरेका छन्। ‘नारायणी र राप्ती नदीमा पुल राखेर रिङरोड बनाएर यहाँको विकास गर्न सकिन्छ तर यसका लागि पनि स्थिर सरकार चाहिन्छ’, प्रचण्डले भने। माडीको विकासका निम्ति धार्मिक पर्यटन र अन्य विभिन्न पर्यटकीय सम्भावना भएको समेत प्रचण्डको भनाइ छ । ‘पर्यटनको विकासका प्रशस्त आधार छन् । चिडियाखाना स्थापना गरेर पर्यटनको विस्तार गर्न सक्छौँ’, प्रचण्डले भने।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया