झापा ,१८,कात्तिक

आफ्नो निर्वाचन क्षेत्रबाट सातौंपटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी समीकरण उनैलाई पनि अत्याउने खालको छ। "/>

तीन दलको घेराबन्दीका वीच सिटौलाको उमेदवारी

तीन दलको घेराबन्दीका वीच सिटौलाको उमेदवारी

केन्द्रबिन्दु
0
Shares

झापा ,१८,कात्तिक

आफ्नो निर्वाचन क्षेत्रबाट सातौंपटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी समीकरण उनैलाई पनि अत्याउने खालको छ। झापा निर्वाचन क्षेत्र नं ३ बाट उदाएर राष्ट्रिय राजनीतिमा छाइरहेका सिटौला विरुद्ध यसपटक तीन दलको मोर्चाबन्दी छ। सिटौला विरुद्ध एमाले, माओवादी र राप्रपाको संयुक्त मोर्चा बनेको छ । यो चुनौती स्वीकारेका सिटौलाले ‘गणतन्त्र प्राप्ति र शान्ति प्रक्रियामा आफूले निर्वाह गरेको भूमिका’ लाई मतदाताले अनुमोदन गर्ने आत्मविश्वास राखेका छन्।

उम्मेदवारी दर्ता र त्यसपछिका हरेक अभिव्यक्तिमा उनले ‘गणतन्त्र’ को प्रखर वकालत गरिरहेका छन् । किनभने वाम गठबन्धनको समर्थनमा उनी विरुद्ध उम्मेदवार बनेका राप्रपा नेता राजेन्द्र लिङ्देन पार्टीका महामन्त्री मात्रै होइनन्, कट्टर राजावादी अभियन्ता पनि हुन् । त्यसैले सिटौला गणतन्त्र पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा छन् । तर मंसिर २१ मा हुने मतदानमा झापा–३ मा मौजुदा अवस्थाको गणित हाबी होला कि सिटौलाले अनुमान गरेझैं गणतन्त्रवादी वैचारिक रुझान निर्णायक होला , यो प्रश्नको उत्तरले उनको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ । ‘यो गठबन्धनले म आफैं पनि आश्चर्यचकित छु’, सिटौलाले भने, ‘यो के का लागि हो भन्नेमै अन्योल छ । तर मतदाताले मैले गणतन्त्रका लागि गरेको संघर्षको मूल्यांकन गर्नेमा म ढुक्क छु।’

नेपाली राजनीतिका चतुर खेलाडी मानिने सिटौलाको आत्मविश्वासलाई हल्लाइदिने ढंगको गणितीय समीकरण उनी सामु छ । असारमा सम्पन्न स्थानीय तह निर्वाचन सिटौलाका लागि सुखद रहेन । तर लिङ्देनका लागि भने पार्टीमा मात्रै नभई पूरै क्षेत्रमा पकड बलियो बनाउन सहयोग पुग्ने खालको नतिजा आयो । झापा–३ मा पर्ने कचनकबल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडा राप्रपाले जित्दा कांग्रेस कमजोर अवस्थामा दोस्रो बन्यो । सिटौलाकै गृहनगर भद्रपुरमा प्रमुख, उपप्रमुख सहित बहुमत स्थानमा एमालेले जित हात पार्दा उनकै दाहिने हात मानिने गणेश पोखरेल ठूलो मतान्तरले पछि परे । हल्दीबारी गाउँपालिकामा राप्रपाबाट लिङ्देनकै सहोदर भाइ रविन्द्रले चुनाव जिते । यो क्षेत्रको बाह्रदसी गाउँपालिका मात्रै कांग्रेसको भागमा प¥यो । क्षेत्र पुनर्निर्धारणक्रममा यही क्षेत्रमा गाभिएको बिर्तामोडको १० नम्बर वडा एमालेले जितेको ठाउँ हो।
नागरिकबाट

Logo