काठमाडौं,१८,कात्तिक
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव चबेगेन्द्रराज शर्मा पौड्यालले आयोगमा आयोजित पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरे।
बन्दसूची सार्वजनिक गर्दै आयोगका सचिव पौड्यालले समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूची समावेश भएको प्रारम्भिक विवरण रहेको जानकारी दिए। सार्वजनिक गरिएको बन्दसूची अनुसार आदिबासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार रहेका छन्। यसैगरी अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरू मध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचन समेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए। सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेभ साइटमा राख्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
नागरिकबाट





























प्रतिक्रिया