तनहुँ, १६, कात्तिक
पृथ्वी राजमार्ग अन्तर्गत आवुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरातर्फ जादै गरेको बा ८३ प ५९७५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना भएको हो । मृत्यु हुनेमा पैदलयात्री गोर्खा च्याङलिङ्गकी ६० वर्षीय नानुमाया राना, मोटरसाइकल चालक भक्तपुर कौशलटारका २० वर्षीय निकेश सिंह र पछाडी सवार सोही स्थानका १९ वर्षीय सविन अधिकारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पैदल यात्री रानाको मोटरसाइकलले ठक्कर दिएपछि डुम्रे स्थीत लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी मोटरसाइकल चालक सिंहको पोखरास्थित फिस्टेल अस्पतालमा र अधिकारीको छिम्केश्वरी अस्पताल आबुँखैरेनीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिकबाट





























प्रतिक्रिया