काठमाडौं, १५, कात्तिक
उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । "/>

कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा सम्पन्न हुने

कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा सम्पन्न हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५, कात्तिक
उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ । चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ दु्रत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । यो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’ आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ ।
नयाँपत्रिकाबाट

Logo