1
1
1
1
1

भृकुटीमण्डपमा खाद्य मेला सुरु

1
1
1
1
1
1

काठमाडौंको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा शुक्रबाट खाद्य मेला सुरु भएको हो । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौ, असल पोषणका लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूला नाराका साथ तीन दिने मेला सुरु भएको हो । मेलाको उद्घाटन कृषि, भूमि व्यवस्था तथा सहकारी सचिव युवकध्वज जिसीले गरे ।

पछिल्लो पटक पौष्टिक र गुणस्तरीय खानाको कमीले पुड्कोपन, ख्याउटे, कम तौल र कुपोषण जस्ता रोगहरु लाग्ने गरेका छन् । त्यस्का रोगव्याधी तथा समस्या आउन नदिन सुरक्षित पौष्टिक आहार र खानेबानीमा सुधार ल्याउन सरकारी स्तरबाट हरेक बर्ष खाद्य विभागले खाद्य मेला गर्दै आएको विभागका महानिर्देश सन्जीव कर्णले जानकारी दिए ।

तीन दिने मेलामा करिब ७५ वटा स्टल राखिएका छन् । ती स्टलमा विभिन्न जातजातिका परम्परागत परिकार र विभिन्न उद्योगबाट उत्पादित वस्तु राखिएका छन् । स्थानीय उत्पादनलाई स्थान दिइएको भन्दै अवलोकनकर्ताहरुले खुशी ब्यक्त गरेका छन् । मेलाबाट धेरै स्थानीय उत्पादन र परिकारबारे जानकारी लिन पाएको अवलोकनकर्ताहरुले बताएका छन् ।

विभागले स्थानीय उत्पादनको प्रबद्र्धनका लागि भन्दै काठमाडौं वाहिरका सहरमा पनि खाद्य मेला गर्ने गरेको छ । विभागले यो मेलामा सहभागी हुने स्टललाई खाद्य उद्योग, खाद्य सम्बन्धी प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, ट्ठितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने छ ।

प्रकाशित: १० फागुन २०७५ १७:०३ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी