काठमाडौं, १४ कात्तिक । ब्राजिल र पेरुको एमेजन जंगलमा अझैं पनि हाम्रो समाजका लागि लाग्ने नरभक्षी समुदाय पनि छन्, जो नग्न घुमफिर गर्ने, खुला आकासमुनी रात विताउने र आफ्नै पूर्खाको लासलाई खरानी बनाएर झोलमा घोलेर खाने गर्छन् । उनीहरु आफ्ना मृत व्यक्तिलाई जलाइसकेपछि त्यसको खरानीको सुप पिउछन् । यसो गर्नाले आफ्ना प्रिय व्यक्तिको आत्मा बचाउन सकिने उनीहरुको विश्वास छ ।
यि आदिवासी करिव २ सयदेखि २ सय पचास गाँउमा फैलिएर रहेको अनुमान गरिएको छ । यिनीहरुमध्ये कसैले प्रकृतिक रुपमा मृत्युवरण गर्यो भने, त्यसको खरानी बनाएर सुप पिउछन् । चाहे त्यो आफ्नो छोरा, छोरी, आमा जोसुकै होस्, त्यसको खरानीको सुप उनीहरुले पिउनैपर्छ ।
यिनीहरुलाई मृत्युमा रत्तिभर विश्वास छैन । बरु, उनीहरु कुनै विपक्षी जनजातिका जादुगरले आफ्ना सन्तान माथि हमला गर्नका लागि खराब आत्मा पठाएका हुन् । उनीहरुलाई लाग्छ, त्यसैले आफ्ना व्यक्तिको शरीरको अन्तिम संस्कार गर्नुपर्छ ।
मृत शरीर जलाएर त्यसको खरानीको सुप पिउनाले आफ्ना प्रिय व्यक्तिको आत्मा जीवित हुन्छ भन्ने उनीहरुमा विश्वास रहेको छ ।
उनीहरुले मृत व्यक्तिको शरीरलाई नजिकको जंगलमा पात पतिगंरले छोपेर छोडिदिन्छन् । ३० वा ४५ दिनपछि उक्त शरीरबाट हड्डी निकाल्छन् र त्यसलाई जलाउँछन् । हड्डी जलाएपछि जुन खरानी निस्कन्छ, त्यसलाई फर्मेट गरेको केरासँग सुप बनाएर पिउने गर्छन् । एजेन्सी





























प्रतिक्रिया