धादिङ, १३, काठमाडौं
शनिवार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटवेशीस्थित बाङ्गेमोडमा भएको बस दुर्घटनाका मृतकहरु मध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ। सप्तरीबाट आएका आफन्तहरुले शवको सनाखत गरेपछि पोष्टमार्टम पश्चात अन्तिम संस्कारको लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका अन्दाजी ३०/३२ वर्षका आकाशे नीलो रंगको सर्ट, एनेकपा माओवादी लेखिएको टिसर्ट र आर्मी कलरको हापकट्टु लगाएका पुरुषको भने सनाखत हुन सकेको छैन । शवलाइ गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। गजुरी प्रहरीमा ३ जना हराइरहेको भन्दै खोजीका लागि आफन्तले निवदेन दिएकाले बेपत्ताहरुको पनि खोजी कार्य जारी राखिएको प्रहरी निरीक्षक सिंहले बताए। उनले भने, ‘आज पनि हामीले घटनास्थलमा गएर खोजी कार्य गर्यौँ, नदीमा डुवेका अझै कोही बाँकी छन् कि भनेर पनि सर्च गरेका छौ । कोही फेला परेका छैनन्।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया