पाल्पा, १२, कात्तिक
निस्दी गाउँपालिका¬–२ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ । "/>

पाल्पामा प्राविधिक गाउँ नजाँदा भूकम्पपीडितले घर बनाउन पाएनन

पाल्पामा प्राविधिक गाउँ नजाँदा भूकम्पपीडितले घर बनाउन पाएनन

केन्द्रबिन्दु
0
Shares

पाल्पा, १२, कात्तिक
निस्दी गाउँपालिका¬–२ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ । भूकम्प गएको करिब तीन वर्ष सम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । प्राविधिकको सल्लाह नपाउँदा घर बनाउने कार्यमा अन्यौलता छाएको सहलकोटका स्थानीयबासिन्दा भुमबहादुर रानाले बताए । “राहतबाट बनेको टहरो पनि पुरानो भएर भत्कन थालिसक्यो”, “सरकारले पहिलो किस्ता उपलब्ध त गराएको छ तर निर्माण शुरु गर्नका लागि प्राविधिकहरु गाउँमा अहिले सम्म आइपुगेका छैनन” उनले भने ।

आफ्नै निर्णयले घर बनाएको भए अहिले सम्म घर बनिसक्थ्यो, प्राबिधिकको कारणले घर बनाउन नपाएको उनले गुनासो गरे । अर्का भूकम्पपीडित पूर्णबहादुर गाहालाई पनि भूकम्पपछि बनाएको टहरो अहिले भत्किएपछि बासको पिरलो परेको छ । “जसो तसो बास बस्ने टहरो थियो, त्यही टहरो पनि भत्किएर छिमेको घरमा बस्नुपर्ने अवस्था आयो” उनले दुखेसो पोखे । दुई दिन देखि उनी टहरो भत्किएपछि छिमेकीको घरमा बास बसेका छन्। अहिले भने भत्किएको त्यही टहरोलाई छिमेकीको सहयोगमा सामान्य मर्मत गरेर बास बस्ने तयारीमा छन् तर त्यो पनि कतिबेला भत्किन्छ भन्ने टुंगो छैन । तीन वर्षाद र दुई हिउँको समय टहरामै जीवन बिताएका अधिकांश भूकम्प प्रभावितको समस्या उस्तै छ । अबको जाडोको समय कसरी बिताउने भन्नेमा पीडितहरु पिरोलिन थालेका छन् ।

सरकारले पुनःनिर्माणमा बेवास्ता गर्दा आफूहरुले अझै पनि टहरामै बास काट्नु परेको पीडितहरु बताउँछन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्क अनुसार पाल्पा जिल्लामा ४ हजार ६५२ घर पुनःनिर्माणका लागि छनौट भएका छन् । साविक सहलकोट गाविसका ३१५ घर मध्ये पछिल्लो तथ्याङ्कअनुसार १४६ घर पुनःनिर्माणका लागि छनौटमा परेको छ । जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै ५० प्रतिशत पीडित घरपरिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण भइसकेको छ । तर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि कुनै कर्मचारी नखटाउँदा निर्माण कार्यले भने गति लिन सकेको छैन ।
रासस

Logo