राजविराज, १२, कात्तिक

राजविराजबाट काठमाडौँ जाँदै गरेको बस हिजो बिहान त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै २ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । "/>

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

केन्द्रबिन्दु
0
Shares

राजविराज, १२, कात्तिक

राजविराजबाट काठमाडौँ जाँदै गरेको बस हिजो बिहान त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै २ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग हिजो साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताए। दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

रासस

Logo