त्रिशुली दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो, अझै केही बेपत्ता

त्रिशुली दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो, अझै केही बेपत्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक । 

आज बिहान ५ बजे त्रिशुली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको यात्रुवाहक बस गजुरी गाउँपालिका अन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको हो । उद्दारका लागि खटिएका गोताखोरले ७ महिला, ३ नाबालक र ९ पुरुषको शव निकालेको हो ।

१५ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । घाइते मध्ये दुर्गानन्द चौधरी र उनका छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बसमा करिव ५० जना यात्रु थिए । बस फेला नपरेकाले मृत्यु हुने यात्रुको संख्या बढ्न सक्ने प्रहरीको जनाएको छ ।

Logo