रसुवा, ११, कार्तिक

गत हप्ता देखि बन्द रसुवागढी नाकाबाट हिजो देखि व्यावसायिक कारोबार सुरु भएको छ । "/>

केरुङ नाकाबाट कारोबार सुरु

केरुङ नाकाबाट कारोबार सुरु

केन्द्रबिन्दु
0
Shares

रसुवा, ११, कार्तिक

गत हप्ता देखि बन्द रसुवागढी नाकाबाट हिजो देखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । हिजो मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी कात्तिक १ गते देखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । रासस

Logo