काठमाडौँ, १०, कात्तिक
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार म्यादी प्रहारी भर्ना गरिरहेको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरूको आवेदन माग भन्दा धेरै बढी परेको पाइएको छ । म्यादी प्रहरीमा काम गर्नेहरूले सेवा पनि हुने र केही समय भए पनि रोजगारी पाउने भन्दै आवेदन दिएका छन् । म्यादी प्रहरीको सेवालाई क्षणिक रोजगारीका रूपमा लिने युवायुवती धेरै भेटिएका छन् । ‘मुलुकमा रोजगारीको अवसर नहुँदा केही समय भए पनि रोजगारी हुने र सरकारको काममा सहयोग पु¥याउने भएकाले पनि आकर्षण बढेको हो,’ ललितपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएकी ईश्वरी केसीले भनिन्, ‘रोजगारीका लागि धेरै ठाउँमा प्रयास गरे पनि कुनै रोजगारी पाउन नसकेपछि केही समयका लागि भए पनि काम पाइने भएकाले मैले म्यादीका लागि निवेदन दिएकी हुँ ।’
उनी जस्तै धेरै युवायुवतीले केही समयका लागि भए पनि रोजगारी पाउने भन्दै निवेदन दिएका छन् । म्यादीका लागि आवेदन दिनेहरू अधिकांश १८ देखि ३५ वर्षका भएको महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुख गणेश ऐरले जानकारी दिए ।
राजधानीबाट





























प्रतिक्रिया