भक्तपुरमा ७८ हजार सहित ३ जुवाडे पक्राउ

भक्तपुरमा ७८ हजार सहित ३ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । भक्तपुर ९ कात्तिक ।
भक्तपुरमा तास खेल्दै गरेका ३ जुुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरीले उनीहरुलाई मध्यपुर ठिमी नगरपालिका वडा न. १ बाट करिब राती साढे १० बजे पक्राउ गरेको हो ।
उक्त वडामा रहेको लोकन्थली स्थित उज्जवल खड्काको ३ तल घरको माथिल्लो तलामा अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेल्ने खेलाउने कार्य भईरहेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप थानापाटी ५ घर भई हाल सानोठिमी बस्ने ३५ बर्षिय धनेश्वोर प्रसाई , भक्तपुर सुर्यविनायक नगरपालिका ३ बालकोट ३८ बर्षिय को हेम सिक्देल र सोही ठाँउको दघिकोट बस्ने २६ बर्षिय दिपक अधिकारी रहेका छन् । प्रहरी जुवाकोे खालबाट तास बुक १० थान , कौडा १६ र नगद ७८ हजार ५ सय ७५ रुपैयाँ बरामद गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी आवश्ययक अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कृष्ण प्रसाइले बताए ।

Logo