काठमाडौँ, ९, कात्तिक
सरकारले अर्को साता भित्रै आईजीपी परिवर्तन गर्ने तयारी गरेको छ। हालका आईजीपी प्रकाश अर्याललाई हटाएर एआईजी जयबहादुर चन्दलाई नयाँ आईजीपी बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको योजना रहेको स्रोतको दाबी छ। "/>

अर्को हप्ता सम्म आईजीपी परिवर्तन गर्ने देउवाको कसरत

अर्को हप्ता सम्म आईजीपी परिवर्तन गर्ने देउवाको कसरत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९, कात्तिक
सरकारले अर्को साता भित्रै आईजीपी परिवर्तन गर्ने तयारी गरेको छ। हालका आईजीपी प्रकाश अर्याललाई हटाएर एआईजी जयबहादुर चन्दलाई नयाँ आईजीपी बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको योजना रहेको स्रोतको दाबी छ। सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ता भित्र पक्राउ गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा मंगलबार मात्रै निवेदन दर्ता गरिएको छ । उक्त निवेदन दर्ता भएसँगै अहिले नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने हल्ला चलेको छ ।
मंगलबार अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिन भित्र ढुंगेललाई पक्राउ गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन मंगलबार दर्ता गरेका हुन् । निवेदनमा नेपाल प्रहरीका महानिरीक्षक अर्याललाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानको सजायँ गर्न माग गरिएको छ । साथै ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्चस्तरीय टास्कफोर्स’को गठन गर्न आदेशको माग गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo