काठमाडौें, ८, कात्तिक
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिक तर्फ पनि मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट वञ्चित हुने भएका हुन् । निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारी लगायत सुरक्षा निकायका सबै कर्मचारी वञ्चित हुने छन् । आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा मतदान गर्न पाउनेछन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरूलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको हो । यसअघि ०६४ र ०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने समानुपातिक तर्फ उनीहरूको मताधिकार निर्वाचन कानुनबाटै सुरक्षित गरिएको थियो । यसअघिका निर्वाचनमा निर्वाचन कानुनमै समानुपातिक तर्फ मतदान गर्न दिने व्यवस्था राखिएको र दलहरूबीच समेत सहमति भएका कारण मतदान गर्न दिइएको भए पनि यसपटक कानुनमा व्यवस्था नभएको र दलहरू पनि मतदान गर्न दिन सहमत नभएका कारण रोक लगाइएको आयोगले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया