इलाम, ७, कार्तिक
जिल्लाको रोङ गाउँपालिका–३ कुटीडाँडामा हिजो अपराह्न ३ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा करिब २० लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी विमल खवासको घरबाट लागेको आगोबाट घरमा रहेका लत्ताकपडा, मालसामान सबै नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहायताले करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । आगोले छिमेकी कर्णाखर बाँस्कोटाका घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट खवासको एकतले टिनको छाना भएको घर पूर्णरूपमा ध्वस्त भएको छ ।
रासस





























प्रतिक्रिया