काठमाडौं,७, कार्तिक
०७२ बैशाखको महाभूकम्पको ३० महिना बित्यो । पीडित मध्ये ८ प्रतिशतले मात्रै घर बनाउन सकेका छन । तर चरम राजनीतिकरणका कारण पुननिर्माण प्राधिकरणमा ४ पल्ट सीईओ फेरिएका छन् ।
भूकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवार मध्ये हालसम्म ६२ हजारको मात्रै घर बनेका छन । घर बनाएर सुरक्षित बास दिनुपर्ने जिम्मेवारी पाएको निकायमा पुननिर्माणको काम होइन, प्रमुखहरु फेर्ने काम भइरहेको छ । पीडितले तेस्रो हिउँद पनि टहरामै विताउनुपर्ने वाध्यता देखिएको छ । पुर्ननिर्माणका लागि सरकारले ३ लाख रुपैयाँ प्रति घर अनुदान दिन्छ । पहिलो किस्ता ५० हजार, दोस्रोमा डेढ लाख र बाँकि तेस्रो किस्ताका रुपमा दिने प्रावधान छ । प्राधिकरणले ६२ हजार घर बनेको दावी गरे पनि अन्तिम किस्ता भुक्तानी करिब १३ हजारले मात्रै पाएका छन ।
कान्तिपुरबाट





























प्रतिक्रिया