काठमाडौं, ६, कार्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए लगत्तै नेकपा एमालेसँगको गठबन्धन तोड्ने तयारीमा लागेको बताइएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार दाहाल एमालेसँग चुनावी तालमेल बाहेक अन्य एकता वा गठबन्धन बनाएर जाने पक्षमा देखिएका छैनन् । यो पटकको निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्धवारहरुको जित सुनिश्चित गराउनको लागि मात्रै उनले एमालेसँग गठबन्धन गरेको बुझिएको छ। खासगरी पहाडी भेगमा कम्तिमा पनि १० जना नेताहरुलाई विजयी गराएर केन्द्रिय संसदमा पुर्याउने उनको भित्री योजना रहेको बताइएको छ । सोही अनुसार उनले एमालेसँग चुनावी गठबन्धन गरेको बुझिएको छ ।
हुन त उनले एक्लै चुनाव लडेपनि कम्तिमा पनि २० देखि २५ सिट जित्ने आँकलन गरेका थिए । तर एमालेसँग मिलेर जाँदा ३५ देखि ४० सिट जित्ने संभावना देखिएकोले उनले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग गठबन्धन गरेको बताइएको छ । प्रचण्ड स्वयंले पनि आफ्ना नेताहरु पहाडमा असुरक्षित देखेका थिए । उनले एमालेसँगको गठबन्धनपछि चुनाव जितेपछिको परिस्थितिमा भने पार्टी एकता गर्ने सम्मको परिस्थिति आउन सक्ने स्रोतको दाबी छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया