काठमाडौं, ६, कार्तिक
मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा एक दर्जन भन्दा बढी राष्ट्रियस्तरका व्यवसायी पनि चुनावी मैदानमा होमिएका छन् । "/>

चुनावी मैदानमा एक दर्जन भन्दा बढी व्यवसायी

चुनावी मैदानमा एक दर्जन भन्दा बढी व्यवसायी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, कार्तिक
मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा एक दर्जन भन्दा बढी राष्ट्रियस्तरका व्यवसायी पनि चुनावी मैदानमा होमिएका छन् । विभिन्न राजनीतिक दलको टिकटमा चुनाव लड्दै व्यवसायीहरू मध्ये धेरैजसो निर्माण व्यवसायसँग सम्वद्ध छन् भने कतिपय पर्यटन, वैदेशिक रोजगार, कार्गो, क्यासिनो तथा ढुवानी व्यवसायसँग सम्बन्धित छन् ।
नेपाली कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई टिकट दिएको छ भने बाम गठबन्धनका तर्फका नेकपा एमालेबाट पनि केही व्यवसायीले टिकट पाएका छन् । कांगेसबाट प्रतिनिधिसभामा मनाङबाट टेकबहादुर गुरुङ र रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम), र रसुवाबाट मोहन आचार्यले मनोनय दर्ता गराएका छन् । यस्तै बाम गठबन्धनका तर्फबाट रसुवाबाटै एमालेका जनार्दन ढकालले मनोनयन दर्ता गराएका छन् । पूर्वमन्त्री समेत रहेका गुरुङ वैदेशिक रोजगार व्यवसायी हुन् भने तामाङ र आचार्य दुवै क वर्गका निर्माण व्यवसायी हुन् । आचार्यको औषधि उद्योग र वैंकमा समेत लगानी छ । निर्माण व्यवसायी ढकाल भने यसअघि पनि रसुवाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
कारोबारबाट

Logo