रौतहट , ६, कार्तिक
दीपावली सम्पन्न भएसँगै लोकपर्व छठको रौनक बढेको छ । छठको तयारी व्रतालुहरूले गर्न थालेका छन् । गोवद्र्धन पूजा भएकै दिन छठपर्वको पवित्र सामग्री बनाउन काँचो माटोको चुलो बनाउने काम सुरु हुन्छ । व्रतालु महिलाहरूले छठको सामग्री बनाउने चुलो बनाउन थालेका छन् । कुकुरले नभेटाउने ठाउँमा व्रतालु महिलाहरूले चुलो बनाउने काम गरेका छन्। छठ पर्वमा चाहिने सामग्रीहरूको जोहो गर्न थालेका छन् । घरमा निर्माण गरिने सामग्रीहरूको पनि जोहो गर्दै व्रतको लागि बजारबाट किनेर ल्याइने सामग्रीको पनि किनमेल सुरु भएको छ । बजारहरूमा छठको पूजा र कपडा किन्नेहरूको भीड लाग्न थालेको छ । भारतको सिमावर्ती सितामढी जिल्लाको बैरगनिया र पूर्वी चम्पारण जिल्लाको घोडासहन बजारमा नेपाली क्रेताहरूको बढ्दो भीडले बिहान ६ बजे देखि राति ९ बजे सम्म पसलहरू खुल्न थालेका छन् । एकाबिहानै देखि अबेर रातसम्म बजारमा मानिसहरूको भीड बढेको देखिएको छ।
व्रतालुहरूले छैंटी, डलिया, घैटो, ढक्कन, सरबा, सुपली लगायतका सामानहरू व्रतालुहरूले घरमा ल्याइरहेका छन् । यसै गरी साठी धानको खोजी पनि गरेका छन् । लोप हुँदै गएको साठी धानको महत्व छठमा निकै रहेको छ । कसार, ठेकुवा तथा अन्य पकवानको लागि गहुँ, सरिहन धान लगायतको जोहो व्रतालुहरूले गर्न थालेका छन्।
नागरिकबाट





























प्रतिक्रिया