युवतीका कारण गोली चलेको प्रहरीको निष्कर्ष

युवतीका कारण गोली चलेको प्रहरीको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता
काठमाडौ, कात्तिक ५ । काठमाडौं म्हेपी बहतीपोखरी स्थित मिड प्वाईन्ट स्नुकर हाउस अगाडी आज विहान ४ बजे भएको गोली काण्ड युवतीको कारण भएको प्रहरीले जनाएको छ ।

शनिबार राती लैनचौरस्थित हुक्कबार रेष्टुरेन्टमा नाच हेर्न भेला भएका दुई समूहवीच सोही रेष्टुरेन्टमा नाच्ने युवतीको विषयलाई लिएर झगडा भएको थियो । सोही झगडाका कारण पछि गोली चलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

रेष्टुरेन्टबाट सुरुमा डान्सर युवती कल्याण गुुरुङसँग जान तयार भएकी थिइन् । लगत्तै आश्विन गुरुङले प्रस्ताव राखेपछि उनी आश्विनसँगै जान तयार भइन् । त्यही बिषयलाई लिएर कल्याणले पछ्याएपछि आश्विनले गोली हानेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

घटनामा संलग्न आश्विन गुरुङसहित पाँच जना पक्राउ परेका छन् । उनी सवार कारसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहारबाट ट्रेकिङ गाईडको काम गर्ने कल्याण गुरुङ घाइते भएका हुन् । खुट्टामा गोली लागेका गुरुङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाईते गुरुङको बयानको आधारमा १ महिला सहित ५ जानलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । घटनाको गहिरो अनुसन्धान भैरहको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए ।

Logo