विराटनगर, ५, कात्तिक

मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व हिजोबाट विधिवत रुपमा शुरु भएको छ । "/>

मिथिलाञ्चलमा सामाचकेवा पर्व शुरु

मिथिलाञ्चलमा सामाचकेवा पर्व शुरु

केन्द्रबिन्दु
0
Shares

विराटनगर, ५, कात्तिक

मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व हिजोबाट विधिवत रुपमा शुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि देखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि हिजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो । यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मूर्ति बनाएर कात्तिक पुर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् ।

काँचो माटोको बनाइएका मानव, चरा र जनावर लगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाई साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो । यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गर्दछन् । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केहि कमी आएको महशुस गर्न थालिएको छ ।

भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्ण समक्ष लगाइन् । भगवान कृष्ण आवशेमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिए । सामाको भाइ साम्बले यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गरिदिए । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अव देखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।यस पर्वमा सवैभन्दा रोचक पक्ष भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आफूलाई चाहिएका सरसामान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।

रासस

Skip This
Skip This
Logo