पोखरा,५, कात्तिक

पश्चिमाञ्चल होटल संघ पोखराले विगतका वर्षहरुमा झैं यसपटक पनि ११ औँ भाइटीका महोत्सव आयोजना गरी पोखरा घुम्न आएका विदेशी पर्यटकलाई हिजो टीका लगाइएको छ । "/>

पोखरामा ११ औँ भाइटीका महोत्सवको आयोजना

पोखरामा ११ औँ भाइटीका महोत्सवको आयोजना

केन्द्रबिन्दु
0
Shares

पोखरा,५, कात्तिक

पश्चिमाञ्चल होटल संघ पोखराले विगतका वर्षहरुमा झैं यसपटक पनि ११ औँ भाइटीका महोत्सव आयोजना गरी पोखरा घुम्न आएका विदेशी पर्यटकलाई हिजो टीका लगाइएको छ ।‘संस्कृति बचाऔँ, पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ पोखराको लेकसाइड स्थित लालुपाते मार्गमा रहेको बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा विभिन्न १२ देशका ३५ जनालाई टीका लगाइयो ।

महोत्सवमा अमेरिका, चीन, बंगलादेश, फ्रान्स, अस्ट्रेलिया, मलेसिया लगायत देशका पुरुष तथा महिला पर्यटकको सहभागिता रहेको थियो । नेपाली परम्परा अनुसार तिहारमा टीका लगाउन पाउँदा आफू लाई निकै नौलो र खुशी लागेको मलेसियाबाट पोखरा घुम्न आएका लो डाटोले बताए । पन्ध्र अमेरिकी डलर तिरेर फाराम भरेर पर्यटक महोत्सवमा सहभागी भएका थिए । नेपाली संस्कृतिको संरक्षण एवं संवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको सम्बन्ध विकास गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली संस्कृतिलाई परिचित गराई पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । भाइटीका महोत्सवमा संलग्न विदेशी पाहुनालाई नेपाली परम्परा अनुसार सप्तरङ्गी टीका, सयपत्री फूलको माला लगाइदिनुका साथै पुरुषलाई नेपाली ढाकाटोपी र महिलालाई सल लगाइएको थियो । रेन्बो चिल्ड्रेनका बालिकाले पर्यटकलाई टीका लगाइदिएका थिए । टीका लगाएपछि तिहारमा खाने सेलरोटी र अन्य परिकार खुवाइएको थियो । महोत्सवका अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । रासस

Logo