काठमाडौं,२, कार्तिक
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुंगो लगाउन सकेको छैन । कार्यदललाई ३ दिनको समय दिइए पनि दुई साता बितिसक्दा समेत कार्यदलले ६० र ४० को भागवण्डाको टुंगो लगाउन नसकेको हो । कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ । अब शिर्ष नेता सहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ । असोज १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिन भित्र निर्वाचन क्षेत्र बाँढफाँढ गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दा समेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया