राजपाका युवा नेताद्वारा धर्नामा

राजपाका युवा नेताद्वारा धर्नामा

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य
काठमाडौं, १ कात्तिक । अगामी मंसिरमा हुने निर्वाचनमा युवा तथा विद्यार्थी नेताहरुको प्रत्यक्ष तथा समानुपातिकमा प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका युवा नेताहरूले आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा पार्टीको मर्यादाक्रम अनुसार नेताहरुको नाम समावेश नगरिएको भन्दै राजपाका युवा नेताहरु अन्दोलित भएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालय, बबरमहलमा युवा नेताहरूले मर्यादाक्रमका आधारमा समानुपातिक सूचीमा नाम सच्चाउनुपर्ने लगायत ६ वटा माग अघि सारेका छन् ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा मर्यादाक्रमको ख्याल नगरिएको र पार्टीका साधारण सदस्य समेत नभएका ब्यक्तिहरुको नाम सिफरिस गरिएकोले त्यसलाई तत्काल सच्चाउन माग गर्दै धर्नामा बसेको पार्टीका महासचिव केशव झाले बताए ।

पार्टी नेतृत्वको विभेदकारी नीतिलाई तत्काल सच्चाउनको माग गर्दै आजबाट राजपाका युवा नेताहरु धर्नामा बसेका हुन् ।

 

Logo