काठमाडौं, १, कात्तिक
साढे दुई वर्ष अघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्सा अनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिन देखि अलपत्र बन्न पुगेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए । ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्सा अनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया