मानव तस्करी गर्ने गिरोह पक्राउ

मानव तस्करी गर्ने गिरोह पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौ, ३१ असोज ।

दुबईमा आकर्षक रोजगारी दिलाउने भनि नेपालबाट पर्यटक भिषामा नेपाली कामदार पठाएर उनीहरुलाई अलपत्र अवस्थामा पारेको एक मानव तस्कर गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ ।

बेरोजगार युवाहरूलाई दुवईको युएईमा आकर्षक रोजगारी दिलाउने बहानामा पठाएर १६ जना नेपालीलाई अलपत्र अवस्थामा परेको आरोपमा उक्त गिरोहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

उनीहरु नेपाल फर्किएर उजुरी गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उक्त गिरहोमा संलग्न रहेका चारजना ब्यक्तिलाई पक्राउ गरेको हो ।

मानव तस्करीको आरोपमा पक्राउ पर्ने मेनपावर सञ्चालक बागलुङ हटिया नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ मैतीदेवी बस्ने ३८ बर्षीय ईश्वर भण्डारी, गोरखाको साबिक मान्वु गाउँ विकास समिति–७ घर भई हाल काठमाडौँ महानगरपालिका पैयुटारका २७ वर्षीय विर्धमान गुरुङ, गोरखाको साविक मान्वु गाउँ बिकास समिति–७ घर भई हाल काठमाडौँ महानगरपालिका गंगाबु जरङखुका–३१ वर्षीय मिन भनिने राजु घले र कैलाली लम्की चुहानगरपालिका–४ घर भई हाल ललितपुर भैसेपाटी बस्ने ट्राभल्सका संञ्चालक भानु ढकाल रहेका छन् ।

पक्राउ परेका चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सीआइबीले जनाएको छ ।

युएईमा अलपत्र परेका नेपालीहरुलाई अवुधाबीस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको पहलमा नेपाल पठाइएको हो ।

 

Logo