कलैया, ३१, असोज

विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । "/>

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

केन्द्रबिन्दु
0
Shares

कलैया, ३१, असोज

विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षाको नक्कली लब्धाङ्क पत्र र अन्य कागजात समेत तयार गरी डाबर नेपाल लगायत अन्य करखानामा जागिर लगाउने समेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । विशेष सूचनाका आधारमा साहलाई असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि सडकबाट नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा एसएलसीको नक्कली लब्धाङ्क पत्र भेटाएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता भुनेश्वर साहले बताए ।

नक्कली लब्धाङ्क पत्र बनाउने सञ्जालमा बारा, पर्सा र रौतहटका केही व्यक्तिको समेत संलग्नता देखिएको हुँदा ती व्यक्ति पनि चाँडै प्रहरी नियन्त्रणमा आउने प्रवक्ता साहले दाबी गर्नुभयो । पक्राउ परेका साहलाई असोज २९ गते नै जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ ।
रासस

Logo