लहान , २८, असोज
हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिका सहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुर लगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए। पक्राउ गरिएका सबै माथि विद्युत् चुहावट ऐन अन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताए । उनका अनुसार सो क्रममा विद्युत् मिटर २६ थान, चार थान पंखा र दुई थान टिभी समेत बरामद गरिएको छ। रासस





























प्रतिक्रिया