काठमाडौँ, २७, असोज
फेसबुक मार्फत ठगी गर्दै आईरहेका एक ब्यक्तिलाई केन्द्रिय अनुशन्धान ब्युरोले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा आफूलाई कलाकार पल शाह (नेपाली नायक) बताउदै लामो समय देखि उनी ठगी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । "/>

आफू कलाकार पल शाह हुँ भन्दै फेसबुकबाट ठगी गर्ने युवा पक्राउ

आफू कलाकार पल शाह हुँ भन्दै फेसबुकबाट ठगी गर्ने युवा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७, असोज
फेसबुक मार्फत ठगी गर्दै आईरहेका एक ब्यक्तिलाई केन्द्रिय अनुशन्धान ब्युरोले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमा आफूलाई कलाकार पल शाह (नेपाली नायक) बताउदै लामो समय देखि उनी ठगी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले फेसबुकमा फ्रेन्ड रिक्वाइस्ट पठाई साथी भए पश्चात कहिले बाढीपिडीत राहत कोष सन्चालनका लागी त कहिले आफ्नो आमा बिरामी भएको विभिन्न बहाना बनाई सहयोग गर्नको लागि आग्रह गर्दै रकम माग गरी ठगी गर्दै आएका थिए । यस विषयको सुचना केन्द्रिय अनुसन्धान ब्युरोमा प्राप्त भए पश्चात आवश्यक अनुसन्धान गर्दै जाँदा उनी वास्तबिक पल शाह (कलाकार) नभइ मोरङ विराटनगर ४ का ३१ बर्षिय अमोद भट्टराई रहेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले बताए । ठगी कार्यमा संलग्न अमोद भट्टराईलाई आएमईआई सहकारी महेन्द्र चोक विराटनगरबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको ब्युरोले जनाएको छ ।

Logo