कपिलवस्तु, २६, असोज
अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी (केसी) असोज १४ गते देखि हराएकी छिन् ।बचत समूहबाट लिएको तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७ः०० बजे देखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिए ।
आफू बिरामी भएको मौका छोपी तीन लाख नगद रकम सहित आफूले लगाएका सुनका गहना लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गरे । उनले भने, “यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइन ।” डेढ वर्ष देखि इमिलियामा भाडामा बस्दै आएका उनका श्रीमानले आफ्नै गाडी चलाउने काम गर्छन् । आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गरेका छन् ।
रासस





























प्रतिक्रिया