काठमाडौं,२६, असोज
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ ।पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दाबी सहितको उजुरी परेको छ । यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रूपैयाँ बिगो भराइएको छ ।
आर्थिक वर्ष २०७२/२०७३ को तुलनामा २०७३/२०७४ मा रकम हिनामिना सहित उजुरी गर्ने युवाको संख्या २ सय ११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३ सय २ रूपैयाँले वृद्धि भएको छ । अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५०२ रुपियाँ रकम दाबी सहित २ हजार १ सय ७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका दिए । गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८०४ रूपैयाँ दाबी सहित २ हजार ३ सय ८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक संस्थागत (म्यानपावर एजेन्सी) र व्यक्तिगत रूपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको संख्या हो ।
कारोबारबाट





























प्रतिक्रिया