हुम्ला,२६, असोज
सरकारले कर्णालीका पाँचवटै जिल्लाका बासिन्दालाई जन्म र मृत्यु संस्कार सम्पन्न गर्न दिएको निःशुल्क चामल वितरण गर्दा खाद्य संस्थान हुम्लाले रकम असुल्ने गरेको छ । "/>

अनुदानको चामल बेच्दै हुम्लाको खाद्य संस्थान !

अनुदानको चामल बेच्दै हुम्लाको खाद्य संस्थान !

केन्द्रबिन्दु
0
Shares

हुम्ला,२६, असोज
सरकारले कर्णालीका पाँचवटै जिल्लाका बासिन्दालाई जन्म र मृत्यु संस्कार सम्पन्न गर्न दिएको निःशुल्क चामल वितरण गर्दा खाद्य संस्थान हुम्लाले रकम असुल्ने गरेको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरेअनुरूप हुम्ला लगायत कर्णाली अञ्चलका पाँचवटै जिल्लामा नेपाल खाद्य संस्थानले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल दिँदै आएको छ । हुम्लाको खाद्य संस्थानले भने अनुदानको उक्त २० किलो चामल दिए बापत २ सय ४० रुपैयाँ लिने गरेको छ । खाद्य संस्थान शाखा कार्यालय हुम्लाले अनुदानमा आएको भए पनि सोना मसिनो चामल वितरण गरेको भन्दै २० केजीको २ सय ४० रुपैयाँ असुल्ने गरेको सिमकोट गाउँपालिका–२ हिरालाल परियारले बताए ।
राजधानीबाट

Logo