काठमाडौं,२६, असोज
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वभाव नै पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने भएको बताएका छन्। "/>

मेरो काम नै पुरानो पार्टी भत्काउने हो : प्रचण्ड

मेरो काम नै पुरानो पार्टी भत्काउने हो : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६, असोज
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वभाव नै पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने भएको बताएका छन्। बुधबार राजधानीमा आयोजित नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले एमाले र नयाँ शक्तिसँगको एकतातर्फ लक्षित गर्दै अब देशमा नयाँ शक्तिको रुपमा नयाँ पार्टी बन्दा माओवादी केन्द्र भत्किन लागेको प्रष्ट पारे। ‘तपाईंहरुले थाहा पाइसक्नु भो आज हाम्रो एकता र अर्को एकताको जो कुरा हुँदैछ। अब माओवादी केन्द्र पनि भत्किदै छ र अर्को नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदैछ।’ कम्युटिस्ट पार्टीको इतिहास उल्लेख गर्दै प्रचण्डले देशमा धेरै पार्टी होइन, केही निश्चित पार्टी हुनु प्रभावकारी हुन्छ भन्ने विषयमा निरन्तर बहस हुँदै आएको उल्लेख गरे।
अन्नपूर्णपोष्टबाट

Logo