केन्द्रबिन्दु डेस्क । काठमाडौं, २३ असोज ।
आफ्नो समयमा टाइटाइनिक सबैभन्दा ठूलो पानीजहाज थियो । त्यसबेला के दावी गरिन्थ्यो भने टाइटानिक कहिल्यै डुब्दैन । तर, त्यस्तो भएन । सन् १९१२ अप्रिल १५ मा यो विशाल पानीजहाज एउटा आइसबर्गमा ठोक्कियो । र, डुब्यो । कहिल्यै डुब्दैन भनेको जहाज डुब्न तीन घण्टा पनि लागेन । त्यो पनि १२ हजार फिट गहिरो एटलान्टिक महासागरमा ।
रबर्ट बेलार्डले यसको अवशेष पाएपछि पुनः थप जानकारी खोजेका थिए । केही समयपछि यस पानीजहाजभित्रको दर्दनाक कथा १९९७ मा संसार सामु आयो, बहुचर्चित हलिउड फिल्म ‘टाइटानिक’ मार्फत ।
– त्यसबेलाको सबैभन्दा ठूलो यातायातको साधन थियो टाइटानिक ।
– त्यसमा २ हजार २ सय २४ जना यात्रु सवार थिए, जतिबेला यो दुर्घटनामा पर्यो ।
– त्यतिका यात्रुमध्ये केवल ७ सय १० जनाको मात्र उद्वार गर्न सकियो । सबैले प्रशान्त महासागरको कठ्याङ्ग्रिने पानीमा डुबेर जीवन गुमाए ।
– यो पानीजहाज चलाउनका लागि दैनिक ६ सय टन कोइलाको आवश्यकता हुन्थ्यो । त्यसैले जहाजमा ६ हजार टन कोइला लादिएको थियो । त्यहाँ काम गर्ने फायरमेन एकदमै उच्च तापमान र फोहोर ठाउँमा काम गर्थे ।
– पानीजहाजमा कुनै दूरबीन लगाइएको थिएन, जसले टाढाको बस्तु देख्न सकियोस् । यदि त्यस्तो व्यवस्था भएको भए सायदै दुर्घटना हुन्थ्यो ।
– टाइटानिकमा १४ बेलब्वाई थिए, जसको काम यात्रुको लगेज बोकिदिने थियो । ती सबै मरे ।
– पानीजहाजमा १ सय ९ जना बच्चा सवार थिए, जमसध्ये ५३ जनाको मृत्यु भयो ।
– ८ सय ८५ अफिसर र क्रु मेम्बर्समा केवल २३ जना महिला थिए ।
– त्यस पानीजहाजमा एक अति धनाढ्य यात्रु सवार थिए जसको नाम थियो, जन जेकब एस्टर । उनको कुल सम्पत्ति ८५ मिलियन डलर थियो । जो आजको २ बिलियन डलर बराबर हो । उनी आफ्नी गर्भवती पत्नीका साथ टाइटानिक जहाजमा सवार थिए । पत्नीलाई लाइफबोटमा चढाउने क्रममा उनको मृत्यु भयो ।
– केही चर्चित एवम् प्रसिद्ध व्यक्तिले पनि उक्त जहाजका लागि टिकट लिएका थिए, तर संयोगवस उनीहरूले त्यसबेला यात्रा गरेनन् । त्यसमध्ये एक थिए जे पी मोर्गन ।
– टाइटानिक फिल्ममा जुन अर्केष्ट्रालाई डुबेको देखाइएको थियो, उनीहरू पर्फमेन्स गर्दा गर्दै वास्तवमै डुबेका थिए ।





























प्रतिक्रिया