महेन्द्रनगर, २१, असोज

मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधि विरुद्ध उच्च अदालत महेन्द्रनगरमा मुद्दा दायर गरेका छन् । "/>

मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधि विरुद्ध मुद्दा दायर

मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधि विरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर, २१, असोज

मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधि विरुद्ध उच्च अदालत महेन्द्रनगरमा मुद्दा दायर गरेका छन् । गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णय विरुद्ध मुद्दा दायर गरेका हुन् । जनप्रतिनिधि विरुद्ध व्यवसायीहरूले मुद्दा दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।

‘हामीले मदिरा व्यवसायीसँगको छलफलपछि पहिलो बैठकबाटै गाउँपालिका भित्र मदिरा बेचबिखन रोक्ने निर्णय गरेका थियौं तर उहाँहरूले यो निर्णय विरुद्ध मुद्दा दायर गर्नु भएछ,’ उनले भनिन् । जिल्ला अदालतबाट फोन मार्फत मदिरा व्यवसायीले मुद्दा दायर गरेको जानकारी पाएको उनको भनाइ छ । गाउँपालिका भित्रका ८६ जना मदिरा व्यापारीको आन्तरिक बैठकले जनप्रतिनिधि विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले उच्च अदालत महेन्द्रनगरमा गाउँपालिकाको निर्णयले व्यावसायमा असर परेको भन्दै मुद्दा दायर गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।
राजधानीबाट

Logo