केन्द्रबिन्दु संवाददाता । असोज १९ गते÷काडमाडौं
दशैंका कारण सुनसान बनेको काठमाडांै उपत्यकामा चहलपहल बढेको छ । दशैं अगाडिको जस्तो चहलपहलको अवस्थामा पुगिनसकेको भए पनि चहलपहल बढ्ने क्रम जारी रहेको छ । दशैँको ३/४ दिन अगाडी काठमाडौबाट भरिभराउ भएर दशै मनाउन जानेहरुको बिभिन्न जिल्लाका सडकमा गाडीहरु गएको देखिएकोमा अहिले बिभिन्न जिल्लाबाट उपत्यका तिर आउने सवारीसाधन दिन प्रति दिन बढ्दै गएको छ ।
अहिले उपत्यका तिर आउने सवारीसाधनमा यात्रुहरुको भीडभाड नै हुने गरेको छ । टीकाको दिन सुनसान देखिएको काठमाडौको नयाँ बसपार्क अहिले त्यहा सवारीसाधनको चाप बढ्न थालेको छ । बिभिन्न जिल्लाबाट बुधबार बेलुका सम्म ३३ हजार १ सय ७५ सवारीसाधन काठमाडौ उपत्यकामा भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
दशै मनाउन बाहिरिएका यात्रुहरूमध्ये २ लाख ३३ हजार २ सय ९८ यात्रु काठमाडौं उपत्यकामा भित्रिएको महाशाखाले जनाएको छ । उपत्यकाका मुख्य चार नाका साँगा, बालाजु, दक्षिणकाली र थानकोट हुदै सवारीसाधन तथा यात्रुहरू उपत्यका भित्रिने गरेको महाशाखाले जनाएको छ । दशैँ मनाउनको लागि काठमाडौ उपत्यकामा बस्दै आएकाहरु आफ्नो गृह जिल्लातिर लागेपछि काठमाडौ उपात्यको बजार सुनसान भएको थियो ।





























प्रतिक्रिया