चण्डेनीमण्डन,काभ्रे, १९, असोज

आँपघारीकी रुकमणी नेपाललाई अहिले खानेपानीका लागी घर नजिकै भएको धाराले निकै सहजता थपेको छ । "/>

चण्डेनीमण्डनका ९० घरमा मिटरजडित धारा संचालन

चण्डेनीमण्डनका ९० घरमा मिटरजडित धारा संचालन

केन्द्रबिन्दु
0
Shares

चण्डेनीमण्डन,काभ्रे, १९, असोज

आँपघारीकी रुकमणी नेपाललाई अहिले खानेपानीका लागी घर नजिकै भएको धाराले निकै सहजता थपेको छ । यसअघि पानी लिन धेरै तिर धाउनु परेको ताजा सम्झना अब उनका लागी अतित बनेको छ । विहान उठ्ने बित्तिकै घर नजिकैको धाराबाट पानी भर्न पाइएको र धमिलो पानी खानु पर्ने बाध्यता हटेकोमा उनी निकै खुशि छिन् । यहाँका उनी जस्ता ९० घरधुरीका महिलाहरुले पानी लिन गाउँबाट टाढा जानु पर्ने बाध्यताबाट अहिले मुक्ती पाएका छन् । साथै स्वच्छ खानेपानी पिउन पाएकोमा गाउँलेहरु सबै दंग पनि छन् ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० आँपघारी र कान्तिटारका उपभोक्ताहरुको सक्रियतामा दुबै टोलका प्रत्येक घरमा मिटरजडित धाराहरु सञ्चालन भएका छन् । विगतमा विश्वबैंकको सहयोग तथा समाज सेवा समूहद्वारा यहाँका टोलटोलमा निर्मित धाराहरु उचित संरक्षण र व्यवस्थापनको अभावमा बेवारिसे बनेका थिए । पानीको स्रोत समेत सुकेपछि काकाकुल जस्तै छट्पटाउँने अवस्थामा पुगेका स्थानीय उपभोक्ताहरुका लागि यस पछिल्लो कार्यक्रमबाट राहत मिलेको छ । छरछरे पाखा–आँपघारी–कान्तिटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्मित तथा वितरित सो खानेपानीबाट हाल ९० घरपरिवार लाभान्वित भएका छन् । शान्ति जनआदर्श सेवाकेन्द्र धुलिखेलको ५ लाख र भूकम्पीय आवास पुननिर्माण कार्यक्रमबाट ५ लाख रुपियाँ तथा उपभोक्ताको तर्फबाट एक लाख ५२ हजार रुपियाँ समेत कुल १३ लाख ६५ हजार ८ सय ७० रुपियाँको लागतमा निर्मित मिटरजडित धारा कार्यक्रमका लागि २ लाख १३ हजार ८ सय ७० रुपियाँ अपुग भएको समितिले जनाएको छ । नगरकै पहिलो परियोजना उक्त मिटरजडित धाराको काभ्रे क्षेत्र नं. ४ बाट व्यवस्थापिका संसदका सांसद बिदुर सापकोटाले उदघाटन गरेका थिए । यस खानेपानीका लागि मण्डनदेउपुरको १० नं वडाबाट ७० हजार रुपैयाँ छुट्याइएको वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । उक्त आयोजनाको लागी खर्च भएको मध्ये अझै डेढ लाख नपुग हुने खानेपानी आयोजनाका अध्यक्ष कान्छा नेपालले बताए ।

आयोजनालाई व्यवस्थित र दीर्घकालिन बनाउनका लागी नियमित रेखदेख गरिने र मिटर रिडिङ गरि न्युनतम शुल्क उठाइने समेत अध्यक्ष नेपालले जानकारी दिए । यहाँको खानेपानी समस्या समाधान भएकोमा सहयोगी सबैलाई उनले धन्यवाद पनि दिएका छन् । यो आयोजना नगरपालिकाकै नमुना तथा पहिलो मिटरजडित भएको र यसबाट प्रभावित भएर अन्य वडाहरुमा पनि यस्तै खानेपानी आयोजना निर्माण हुँदै गरेको बताइएको छ ।

 

Logo