काठमाडौँ, १९, असोज
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले आज बिहीबार देखि लागू हुने गरी ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित १ सय ६५ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो। त्यसैगरी जगेडामा रहने गरी थप ९ जना निर्वाचन अधिकृत पनि नियुक्त गरेको आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृतमा सम्बन्धित जिल्लाको न्यायाधीश र निर्वाचन अधिकृतहरूमा न्यायसेवाका राजपंत्राकित द्वितीय श्रेणी ९उपसचिव० स्तरका कर्मचारीहरूलाई नियुक्त गरिएको हो। प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादव र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबीच कुराकानी भएपछि न्यायसेवाबाट जनशक्ति माग गरिएको थियो।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया