काठमाडौँ, १९, असोज
एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र निर्धारण र संयुक्त घोषणापत्रका लागि छुट्टाछुट्टै समिति बनाएका छन् । "/>

एकता संयोजन समितिको पहिलो बैठक सम्पन्न

एकता संयोजन समितिको पहिलो बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९, असोज
एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र निर्धारण र संयुक्त घोषणापत्रका लागि छुट्टाछुट्टै समिति बनाएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटी स्थित निवासमा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा दुई समिति बनाउने एजेन्डामा निर्णय भएको उपाध्यक्ष गौतमले बताए । उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट एक सहित सात सदस्य रहेका छन् । संयुक्त घोषणापत्र मस्यौदा समितिमा एमालेबाट तीन र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट दुई सहित आठ सदस्य रहेका छन् ।

समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन पार्टीले कुन–कुन क्षेत्रमा कति उम्मेदवारी भन्ने टुंगो लगाउनेछ । प्रदेश र प्रतिनिधिसभाका लागि तीन वटै पार्टीका एजेन्डा समेटिने गरी संयुक्त घोषणापत्र तयार पारिनेछ । दुवै समितिमा पदाधिकारी तह र प्रभावशाली नेताहरू समेटिएका छन् । ‘समितिले छिटो भन्दा छिटो काम सम्पन्न गर्नेछ ।’ गौतमले भने । आठ सदस्यीय एकता संयोजन समितिमा ओली र प्रचण्ड संयोजकको हैसियतमा रहेका छन् भने बाँकी सदस्यका रूपमा रहेका छन् ।
नयाँपत्रिकाबाट

Logo